Rule 114
हानी नोक्सानी असूल उपर गर्ने
: कुनै सशस्त्र प्रहरी कर्मचारीले यस परिच्छेद बमोजिम विभागीय सजाय हुने कुनै काम गरेको कारण नेपाल सरकारलाई कुनै किसिमको हानी नोक्सानी पुग्न गएको रहेछ भने सजायको आदेश दिने अधिकारीले यस परिच्छेद बमोजिम विभागीय सजायको आदेश दिँदा त्यसरी नेपाल सरकारलाई हुन गएको हानी नोक्सानी समेत सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीबाट असूल उपर गर्ने आदेश दिनेछ ।